Logo

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको आज शिलान्यास



Spread the love

२० चैत, काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे को स्तरोन्नतीको शिलान्यास गर्नुभएको हो ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलो पटक सम्पूर्ण पिच उकायर पुनः कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने भएकाले सो अबधिमा उडान–अवतरण बन्द हुने छ ।

धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वेको स्तरोन्नति गर्न लागेको हो।

नेपाल नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलका अनुसार रन वेको स्तरोन्नतीका लागि ९० दिन लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्