Logo

धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष दाहाल



Spread the love
फाइल तस्बिर

२० चैत, काठमाडौँ ।
बुधवार राजधानीमा सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले विगतमा आन्दोलन गर्दा र जनतालाई प्रशिक्षित गर्दा आफूहरूले विभेदको अन्त्य गर्ने भनेको स्मरण गर्दै भने, ‘अझ सरकारको नेतृत्व गर्ने पार्टी नेकपा त सबभन्दा बढी त्यही विषयमा प्रशिक्षण दिएर जनताको मन जितेर आएको हो । त्यसैले हामीले वर्ग विभेद हटाउने, सामाजिक न्याय सहितको समानता मूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्न पर्दछ । हाम्रो योजनाले, हाम्रो बजेटले, हाम्रो कार्यक्रमले ।’

उनले वर्ग विभेद हटाउने, सामाजिक न्याय सहितको समानता मूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए । उनले सुशासनलाई पनि प्राथमिकतामा राख्न योजना आयोगलाई सुझाव दिए । उनले रोजगारी सिर्जनाका लागि शिक्षा नीति गुणात्मक सुधार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्