Logo

राप्ती नदीमा डुबेर ११ बर्षीया बालिकाको मृत्यु



Spread the love
सांकेतिक तस्बिर

२० चैत्र, दाङ । दाङ जिल्ला लमही नगरपालिका राप्ती नदीको झारवैरा घाट नजिक नुहाउने क्रममा ११ बर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्‍यु हुने बालिका लमही नगरपालिका वडा नं. ५ कोलही निवासी दण्डिराम चौधरीकी ११ बर्षीया छोरी अस्मिता चौधरी भएको र बालिकाको मृत्यु दिउसो करिब साढे दुईबजेतिर डुबेर भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्