Logo

नेपाल बार एशोसिएशनको मतगणना अन्तिमचरणमा



Spread the love

चैत २१काठमाडौं । नेपाल बार एशोसिएशनको अगामी नेतृत्वको लागि भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ ।

बुधबार अबेर राति सम्पन्न गणना बमोजिम प्रगतिशील, पेसागत तथा समावेशी समूहबाट अध्यक्ष पदका प्रत्याशि चण्डेश्वर श्रेष्ठ ७० मतले अग्रता लिनुभएको छ । वृहत्त लोकतान्त्रिक समूहका प्रत्याशि सुनील पोखरेल मंगलबारको गणना सकिदा श्रेष्ठभन्दा ७८ मतले अगाडी रहनुभएको थियो । त्यसैगरी महासचिव पदमा भने वृहत्त लोकतान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिनुभएको छ । उहाँको दुई हजार ४५४ मत छ । प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ । महासचिव पदकै स्वतन्त्र उम्मेदवार डाक्टर रामहरि त्रिपाठीको ८९ मत छ ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वको लागि चैत १६ गते मतदान भएको थियो । ११ पदाधिकारीसहित २५ सदस्यीय समितिको लागि ६३ जनाले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्