Logo

बारा र पर्साका हुरी पीडितलाई गुल्मी उद्योग सङ्घद्वारा ८० हजार आर्थिक सहयोग



Spread the love
गुल्मी उद्योग वाणिज्य सङ्घले रकम जम्मा गरेको भाैचर

२१ चैत, गुल्मी – गुल्मी उद्योग वाणिज्य सङ्घले प्राकृतिक विपत्तिमा गर्दै आएको सहयोगलाई पुनः निरन्तरता दिएको छ ।

संघले बारा र पर्सामा हावाहुरीबाट पीडितहरूको लागि आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तरण गरेको छ ।

उद्योग वाणिज्य सङ्घले बुधवार राहत सङ्कलन गरी बिहीबार प्रदेश नम्बर २ को मुख्यमन्त्री राहत कोष मा ८० हजार रकम सङ्कलन गरेको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीप्रसाद भलामीले सल्लेरी खबरलाई बताए । सदरमुकाम तम्घासका स्थानीय व्यवसायीहरूबाट रु ६० हजार ८ सय ५५ रुपैयाँ तथा उद्योग वाणिज्य सङ्घको कार्य समितिका पदाधिकारीहरूको व्यक्तिगत सहयोगमा रु १९ हजार १ सय ४५ रुपैयाँ सङ्कलन गरिएको थियो ।

यसो त, उद्योग वाणिज्य सङ्घ गुल्मीले गुल्मी जिल्लामा घटेका प्राकृतिक विपत्ति , आगलागी तथा देश मा घट्ने प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको छ । तराई मा घटेको दुःखद् घटनाले पहाडको पनि मन छुनु पर्छ भन्ने सोचाईले राहत रकम सङ्कलन गरी हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्