Logo

पूर्व राजा ज्ञानेन्द्र शाहको पूर्व भ्रमण



Spread the love

२१ चैत , इलाम ।
पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वको आफ्नो निजी एवं धार्मिक भ्रमणको क्रममा आज इलामको माईस्थान मन्दिरमा पूजा अर्चना गरेका छन् ।

पूजा गर्न इलाम आएको अवसर पारेर इलाममा उहाँको भव्य स्वागत गरिएको छ । इलामको नविनचोक देखि माइस्थान मन्दिर सम्मको पैदल यात्रामा निस्कनु भएका पूर्व राजा शाहलाई इलाम बासीले भव्य रुपमा स्वागत गरेका थिए । उनीहरुले माला र पुष्प गुच्चा दिएर स्वागत गरेका थिए ।
पूर्वराजाको पैदल यात्राको क्रममा गाउँगाउँबाट आएका जनताले पूवराज शाहको पक्षमा चर्का नारा पनि लगाएका थिए । बालबालिकादेखि वृद्धवृद्धाहरु समेत राजतन्त्रको पक्षमा नाराबाजीमा देखिएका थिए ।

पूर्वराजा शाह पूर्बी नेपालको धार्मिक भ्रमणको क्रममा १७ गते इलाम आएका हुन् । आज माईस्थान मन्दिरमा पूजा गरेपछि बेलुका झापा वुधबारेको एक कार्यक्रमा सहभागी भई दमक पुगेर वस्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्