Logo

देउवालाई विधान सच्याउन जिल्ला सभापतिको अल्टिमेटम



Spread the love
फाइल तस्बिर

२२ चैत काठमाडौं । कांग्रेस जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा सञ्चालन गर्ने चेतावनी दिएका छन् । पार्टीको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् ।
केन्द्रीय समितिले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्।

पार्टीका असन्तुष्ट ५० भन्दा बढी जिल्ला सभापतिको बिहीबार काठमाडौंमा सम्पन्न बैठकले आगामी केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन गर्नुपर्ने अल्टिमेट दिएको छ।

कांग्रेस केन्द्रिय समिति बैठक भोलि शनिवारकालागि आव्हान गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्