Logo

३ दिनका लागि नेपाल-भारत सीमा नाका बन्द हुने



Spread the love

२२ चैत, बैतडी ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सबै नाका बन्द हुने भएका छन् । भारतमा हुने लोकसभा निर्वाचन उत्तराखण्डमा यहीँ चैत २८ गतेबाट हुँदैछ । सोही कारण नेपाल–भारत सीमानाका बन्द हुने भएका हुन् ।

हालै भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकको निर्णय अनुसार उत्तराखण्डसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरू चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएको छ ।

चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पती पदार्थ चोरीशिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा पनि बैठकमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्