Logo

स्थगित भएकाे एसईई परीक्षा आजदेखि सुरु



Spread the love

२२ चैत , काठमाडौं ।
प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि प्रदेश- २ मा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा आजदेखि सञ्चालन भएको छ ।

चैत्र १० देखि शुरु एसईई अन्तर्गत चौथो दिन विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि उक्त विषयकाे भइसकेकाे परीक्षा रद्द गरिएको थियो । यसैगरी पाचौं दिनकाे सामाजिक विषयको पनि परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको थियो ।

रद्द भएकाे विज्ञान विषयको परीक्षा आज सुरु भएकाे हाे । बाँकी विषयको परीक्षाहरु भाेलिबाट गर्ने परीक्षा बोर्डले जनाएकाे छ । परीक्षामा कडाइ गरिएकाे छ । परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्यलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ ।

बाेर्डका अनुसार भाेलि शनिबार सामाजिक विषयकाे परीक्षा हुनेछ । त्यसैगरी आइतबारदेखि ऐच्छिक विषयका परीक्षाहरु सञ्चालन हुनेछन् । स्थगित भएका परीक्षाहरु चैत २९ गतेसम्म चल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्