Logo

ललितपुरमा ट्रकले किचेर दुई जनाको मृत्यु



Spread the love

ललितपुरको नयाँबाटोमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रकले किचेर दुई जनाको मृत्यु भएको छ। मध्याह्न एकान्तकुनाबाट आएर सानेपातिर गइरहेको जनक शिक्षाको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा७च २१३१ नम्बरको भ्यानलाई किचेको हो ।

भ्यानमा रहेका तीन जना मध्ये २ को मृत्यु भइसकेको छ भने १ जना घाइते अवस्थामा उपचाररत छन् । प्रहरीका अनुसार भ्यानमा आमाछोरी र चालक रहेका थिए । चालक र एक महिलाको मृत्यु भएको र युवती भने घाइते अवस्थामा रहेको प्रहरीले जानकारी दिएकोे छ ।

बाटो काटी रहेको स्कुटरलाई साइड दिँदा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रक असन्तुलित भई तरकारी बोक्ने भ्यान किच्न पुगेको हो ।

ट्रकका चालक फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाबारे थप जानकारी आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्