Logo

सरकारी चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिए



Spread the love

समायोजनप्रति असन्तुष्ट रहेका सरकारी चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजबाट आकस्मीक बाहेक सबै सेवा ठप्प पारेका छन् ।

गत फागुन १८ गते सरकारसँग भएको सम्झौताका बाबजुत आफुहरुको माग विपरीत समायोजन भएको भन्दै एक साताका लागि विरोधका कार्यक्रम घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ, गोदानको आवहनमा चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।

प्रधानमन्त्री स्वयंमले गरेको प्रतिबद्धताको विपरीत अवैज्ञानिक, असमान र बलजफती समायोजन गरेको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

यस्तै अहिलेको समायोजनले चिकित्सकको अध्ययन र वृत्ती विकासमा समस्या आउने उनीहरुको गुनासो छ । सरकारी चिकित्सक संघलाई आयुर्वेदिक चिकित्सक संघ, नेपाल चिकित्सक संघ लगायतले पनि समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्