Logo

भिक्षु अस्वघोष उपचारका क्रममा निधन



Spread the love

२२ चैत, काठमाडाैँ ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रबर्धनमा लागेका ९४ वर्षीय भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ ।

मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनिया लगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।

उनले करिब १५० कृतिहरू प्रकाशित गरेका छन् भिक्षु तपस्सीधम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत रहेका थिए ।

भिक्षु तपस्सीधम्मका अनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि आजै साँझबाट ढल्कोस्थित संघराम बिहारमा राखिने छ । महासङ्घको आपतकालीन बैठक साँझ ५ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्