Logo

सदरमुकाम तम्घासमा बन्ने रेसुङ्गा मिनि पार्कको थ्रिडि नक्सा सार्वजनिक



Spread the love
सदरमुकाम तम्घासमा बन्ने रेसुङ्ग मिनि पार्कको थ्रिडि नक्सा

२३ चैत , काठमाडाैँ – गुल्मीको सदरमुकाम तम्घासमा बन्ने “रेसुङ्गा मिनि पार्क”को थ्रिडि नस्सा सार्वजनिक भएको छ । सदरमुकाम तम्घासको मुटु मानिने लाँकुरी मञ्चमा “रेसुङ्गा मिनि पार्क निर्माण गर्न लागिएको हो ।। सदरमुकाम तम्घासको धरोहरको रूपमा रहेको लाँकुरीको बोट सुकेपछि सदरमुकाम तम्घासको शोभामा नै आँच आएको स्थानिय समाजसेवीहरूले बताउँदै आएका थिए ।

मिनि पार्कको शिलान्यास गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल

रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरत भलामीको सक्रियता तथा प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको ३०–३० लाख आर्थिक सहयोगमा मिनि पार्क निर्माण गर्न लागिएको वडा अध्यक्ष भरत भलामीले सल्लेरी खबर लाई बताए । सल्लेरी खबरसँग कुरा गर्दै भलामीले वडाको मात्रै बजेटले  पार्क निर्माण गर्न नसकिने हुँदा प्रदेश र नगरपालिकाको सहयोग लिएर मिनि पार्क निर्माण गर्न लागिएको बताए ।

मिनि पार्कको शिलान्यास गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल

शनिबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले एक कार्यक्रमका बिच मिनि पार्कको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मेयर भुसालले भने, “यस मिनि पार्क निर्माणमा प्रदेश सरकारले पनि सहयोग गरेको छ र बजेट फ्रीज हुने हुँदा समयमै काम सक्न सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।”

मिनि पार्कको शिलान्यास गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्