Logo

भीरबाट लडेर गुल्मीमा एकको मृत्यु



Spread the love
सांंकेतिक तस्बिर

२४ चैत , काठमाडाैँ – गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ मा बस्ने ३३ वर्षीय कमल खत्रीको भीरबाट लडेर मृत्यु भएको छ । खत्री भीरबाट करिब ६ सय मिटर तल खसेका थिए ।

शुक्रबारदेखि हराएका खत्री शनिबार गाउँपालिकाको वडा नम्बर ७ को चाउका भिरबाट खसेको र चिसा खोलामा भेटिएको स्थानीयले बताए । मृतक खत्रीको शव जिल्ला अस्पताल तम्घासमा राखिएको र पोस्ट मार्टमको तयारी भइरहेको खत्रीका निकटका व्यक्तिले सल्लेरी खबरलाई जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्