Logo

दाङमा बस दुर्घटना, ३ जना गम्भिर घाइते



Spread the love

२४ चैत, काठमाडाैँ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना भएको छ । बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस लमही नगरपालिका वडा नम्बर३ मा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार बसको पट्टा भाच्चिँदा बस राजमार्गबाट तल खसेको हो । दुर्घटना परी घाइते भएका हरुको लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्