Logo

वर्षाका कारण कर्णाली राजमार्गका सड़कखण्डहरु अवरुद्ध



Spread the love

२४ चैत , काठमाडौँ ।
शनिबार बेलुका परेको भारी वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न सड़कखण्ड अवरुद्ध भएको छ ।
दैलेखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवत जावतमा समस्या आएको हो ।

शनिबार दहीखोलाको पहिरो हटाउन नसकेपछि काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् । दहीखोलामा ठूलो पहिरो गएको र दैलेखबाट आएको सानो जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कालिकोटले जनाएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्