Logo

आमाले पब्जी नखेल भन्दा छाेराले गरे आत्महत्या



Spread the love

२४ चैत , काठमाडौँ ।
अनलाई भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइ रहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् ।

ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ । घटना केही दिन अगाडिको हो ती किशोरले आत्महत्या गरेपछि उनका पिताले पब्जीमा रोक लगाउन माग गरेका छन् ।

परीक्षाको बेला पब्जी खेली रहेका किशोरलाई उनकी आमाले पढ भनेर कर गरेका थिए । आमाले गाली गरेपछि ती किशोरले आफ्नै काेठाको फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ । रिसाएर काेठामा गएका किशाेरले उनका बुबा आमाले ढाेका भाँचेर भित्र जाँदा सम्म ज्यान गुमाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्