Logo

कागमा बर्डफ्लुको संक्रमण भएको भेटिएसंगै संक्रमित ठाउँबाट पन्छीको मासु नकिन्न विज्ञकाे सुझाव



Spread the love

२४ चैत, काठमाडौं ।
काठमाडौँका विभिन्न ठाउँको कागहरुमा पनि बर्ड फ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ । बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो ।

लैनचौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान पाइएको विभागको भनाइ छ । यसैबीच, काठमाडौँको तारकेश्वर र टोखा नगरपालिकाका विभिन्न फर्ममा रहेका कुखुरामा पनि संक्रमण देखिएको थियो ।

यसैबीच, विभागले सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान आग्रह गरेको छ । व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न विभागको सुझाव छ ।

खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्