Logo

नेपालमा सारस संरक्षणका लागि भएको प्रयास विश्वमै उदाहरणीय: अमेरिकी चराविद



Spread the love

२४ चैत , काठमाडौँ ।
अन्तर्राष्ट्रिय क्रेन फाउण्डेसन अमेरिका संस्थापक तथा वरिष्ठ संरक्षणकर्मी डा. जर्ज अर्चिबाल्डले नेपालको सारस संरक्षण प्रयास विश्वमै उदाहरणीय रहेको बताएका छन् ।

नेपालमा भईरहेको सारस संरक्षणका प्रयासबारे जानकारी लिन आएका अर्चिबाल्डले सारस कृषकको राम्रो साथी भएकोले सबै मिलेर यस्को संरक्षणमा ध्यान दिनु पर्ने बताए ।नेपालमा यस्को संरक्षणका गतिबिधि राम्रा भएको भन्दै सारसको संरक्षमा अन्य मुलुकले पनि नेपालबाट सिक्नु पर्ने बताए ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुरमा न्युज २४ संग कुराकानी गर्दै चराविद् अर्चिबाल्ड सारस स्वभावैले मानिससंग एकदम नजिक भएर बस्ने गरेको र बालीनालीमा लाग्ने किरा फट्याङ्ग्रा खाईदिने गरेको बताए ।उनका अनुसार सारसले खाद्यान्न र अन्नबाली उब्जनी बढाउन ठूलो सहयोग गर्छ । जस्ले समग्रमा मानव जीवनलाई फाईदा पुर्याउने उनको भनाइ छ ।

सारसको गुणबार चर्चा गर्दै चराविद् अर्चिवाल्ड भन्छन ‘त्यसैले यो प्रकृतिकालागि चाहिन्छ , हेर्दा राम्रो हुन्छ , डर, त्रास र खतरा आई परे तत्कालै अनुभूति गर्छ । सर्तक हुन्छ । शरीरको वनावट आकर्षक हुन्छ ।मानिसले देख्ना साथ मन फुरुङ्ग पार्छ । चिन्ता, तनाब हराएर जादा औषधिय काम पनि गर्छ । ’ नेपालमा करिब ५ सय सारस भएको अनुमान गरिएको छ । बुद्धस्थल लुम्बिनीमा एक सारस संरक्षण केन्द्र समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्