Logo

भिर काट्ने क्रममा पहरा फुट्दा जेसिवी सहित चालक पुरिए



Spread the love

२४ चैत ,काठमाडौँ ।
सडक खन्ने क्रममा पहरा खस्दा ताप्लेजुङमा चालक सहित जेसीबी मेसिनलाई नै पुरेको छ । जिल्लाको सिरिजंघा गाउँपालिकाको ५ पेदाङ भन्ने ठाउँमा सो दुर्घटना भएको हो । पहिरोले पुरिने चालक सिन्धुलीका २५ बर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले बताएका छन् ।

पेदाङको जोरपुलदेखि राष्ट्रिय मावि पेदाङ जाने सडक खनिररहेका बेला मुक्तुरा भिर काट्ने क्रममा पहरा फुटेर आएको पहिरोले जेसिबी पुरिएकोे जनाईएको छ । प्रहरीका अनुसार घटना आईतबार बिहानको हो । पहिरोमा परेको मेसिन पुर्ण रुपमा पुरिएकोले चालकको अवस्थाबारे केही भन्न नसकिएको र चालकको उद्धारका लागि अर्को जेसिवी बोलाईएको छ

प्रतिक्रिया दिनुहोस्