Logo

नेपाल प्रहरीको आईजीपीमा जयबहादुर चन्द र सशस्त्रको प्रमुखमा सिंहबहादुर श्रेष्ठ



Spread the love

nepal-prahari-ig-apf-head

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ ।

सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याल लाई पछाडि पार्दै चन्दलाई आईजीपीमा नियुक्त गरिएको हो ।

डिआईजीहरु नवराज सिलवाल र जयबहादुर चन्द मध्ये कसलाई प्रहरी प्रमुख बनाउने भन्नेबारे शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

सशस्त्र प्रहरी प्रमुखमा सिंहबहादुर श्रेष्ठ

साथै आजकै मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल प्रहरीको डिएसपीबाट एक तह बढुवा भएर सशस्त्र प्रहरी बलमा प्रवेश गरका सिंहबहादुर श्रेष्ठ सशस्त्र प्रहरी बलको नयाँ आईजिपी नियुक्त भएका छन् ।

श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा सशस्त्र प्रहरी प्रमुखका लागि दाबेदार थिए ।एआईजी बरियतामा श्रेष्ठ पहिलो नम्बरमा थिए ।

अहिलेका सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईले फागुन २ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास पाउने भएकोले श्रेष्ठलाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्