Logo

कांग्रेस र नेकपाका नेताहरुले तपाईं आइदिनुपर्‍यो, नेतृत्व गरिदिनुपर्‍यो भन्नुहुन्छ, तर म त्यहाँ जाने कुरै भएन : डा.बाबुराम भट्टराई



Spread the love

बुटवल । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफुलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेस दुबैले आफ्नो पार्टीमा भित्र्याउन चाहेको दाबी गरेका छन् ।

स्वयं कांग्रेस र नेकपाका नेताहरुले तपाईं आइदिनुपर्‍यो, नेतृत्व गरिदिनुपर्‍यो भन्नुहुन्छ’ भट्टराईले कार्याक्रममा भने ‘कहिलेकाहीँ त फुत्किनै नसक्ने गरी समात्न खोज्नुहुन्छ, डा.भट्टराईले कार्यकर्ताहरुलाई भने, ‘तर म त्यहाँ जाने कुरै भएन ।’

आइतबार बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षणमा डा.भट्टराईले पुराना दलहरुको विकल्पमा नयाँ शक्ति नेपाल भरपर्दो र बलियो वैकल्पिक पार्टी बन्ने बताएका छन । साथै उनले थपे आउँदो चुनावको मुखमा कांग्रेस र नेकपामा ठूलो पहिरो जानेवाला छ, तर त्यहाँबाट आउन खोज्ने सबैलाई भित्र्याउनौं, राम्रा मान्छे मात्र छानेर मात्र भित्र्याउँछौं ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकारले जनताको मन जित्ने गरी कुनै काम गर्न नसकेको बरु एकपछि अर्को ठूलो भ्रष्टाचारमा मुछिएकाले आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्