Logo

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ भेनेजुएला प्रस्थान, कार्यवाहक अध्यक्षमा बस्नेत



Spread the love

 

अनेरास्ववियू(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेत

२५ चैत, काठमाडौँ ।

सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधारण सभामा भाग लिन भेनेजुएला प्रस्थान गरेका छन् ।

उनको उनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी अनेरास्ववियू क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले पाएका छन् । बस्नेतलाई आजै अध्यक्ष तामाङले कार्यवाहक अध्यक्षको पत्र दिएका छन् । कार्यवाहक अध्यक्ष बस्नेत क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट खुल्ला तर्फबाट सबैभन्दा धेरै मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका थिए।

क्रान्तिकारीका अध्यक्ष तामाङसँगै युवा संघ नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा पनि भेनेजुएला प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्