Logo

मलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षणका लागि १२६ संस्थाले दिए आवेदन



Spread the love

 

२५ चैत, काठमाडौं ।
मलेसिया जाने नेपाली कामदारहरुकाे स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन १२६ स्वास्थ्य संस्थाले आवेदन दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्राेतका अनुसार आवेदन दिने अन्तिम दिन आइतबार सम्म १२६ वटा संस्थाले मापदण्ड पूरा गरेकाे दाबीका साथ सूचीकृत हुन आवेदन दिएका हुन् ।

यसरी मलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाहरुले अत्याधुनिक एक्सरे मेसिन, डिजिटल रेडियोग्राफी प्रविधि, एक्सरे रिपोटिङ रुम र रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफर लगायतका भौतिक एवं मानव संसाधन मापदण्ड पूरा गरेकाे हुनुपर्ने उल्लेख छ ।

साथै ती संस्थाहरुसँग केमिकल एण्ड रिएजेन्ट डिपार्टमेन्ट अन्तर्गत प्रेग्नेन्सी परीक्षण, मृगौला परीक्षण, एचआइभी परीक्षण, ब्लडग्रुप र अन्य १४ प्रकारका परीक्षण तथा प्याथोलोजी डिपार्टमेन्ट अन्तरगत माइक्रोसप मेसिन, हट एअर ओभन, पूर्ण स्वाचालित इलिसा रिडर, बायोकेमेट्रि एनालाइजर, युरिन एनालाइजर लगायत १७ प्रकारका उपकरण अनिवार्य हुनुपर्ने मापदण्ड ताेकिएकाे छ ।

विगतमा मलेसिया जाने नेपाली कामदारहरुकाे स्वास्थ्य परीक्षणमा सिन्डिकेट रहेकाे भन्दै सरकारले त्यस्ता करिब ४० संस्था खारेज गरेकाे थियाे । मलेसियासँग नयाँ राेजगार सहमति भएसँगै अब मापदण्ड पूरा गरेका जुनसुकै संस्थाले समेत कामदारकाे स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्, यसैका लागि १२६ संस्थाले आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्