Logo

बैंकको पैसा फेला पर्‍यो परालमुनि र सिरानीमुनी



Spread the love

nepali_paisa

एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ।

धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन् ।

शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो । प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम बरामद गरेको हो ।

जिल्ला प्रहरीका एसपी अर्जुन चन्दका अनुसार २२ लाख ७० हजार परालभित्र र ७४ हजार उपाध्यायको सिरानीमुनीबाट बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस्