Logo

दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धिमा नेपाल : विश्व बैंक



Spread the love

२६ चैत, काठमाडौ ।

दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले सन् २०१९ मा नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । यो दक्षिण एसियामा भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । यस वर्ष भारतमा ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धि आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

प्रतिवेदनले दक्षिण एसियामा संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने जनाएको छ । सन् २०१९ मा यस क्षेत्रमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसपछिका दुवै वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ ।

‘विगत केही वर्षदेखि दक्षिण एसियाको निर्यात क्षमता घट्दै गएको छ र अहिले यो क्षमताभन्दा निकै कम छ । दीर्घकालमा यस क्षेत्रले निर्यात बढाउन सक्छ कि सक्दैन, त्यसका आधारमा आर्थिक वृद्धिको दिगोपन निर्भर हुनेछ,’ विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भने । यस क्षेत्रका मुलुकले अन्तर्राष्ट्रिय बजारसँग आफूलाई अझै बढी जोड्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने तथा जनतालाई समृद्ध बनाउनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्