Logo

धनगढीबाट अछाम जादै गरेको बस दुर्घटना, ३१ जना घाईते



Spread the love

२७ चैत,कैलाली ।
धनगढीबाट अछाम जादै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन्।

धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस डढेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११ धनगाड नजिक मंगलबार राति करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बस ब्रेक फेल भएर मोडमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। घाइते ३० जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

घाइतेहरु अधिंकाश अछामका रहे पनि परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। बसमा ५० जनाभन्दा बढी यात्रु रहेका बताइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्