Logo

प्रहरीलाई १ हजार घुस दिन खोज्ने चालक पक्राउ



Spread the love

२७ चैत, काठमाडाैँ – काठमाडौंको त्रिपुरेश्वरबाट त्रिपुरेश्वरमै प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडी चालक पक्राउ परेका छन् । स्थायी घर धादिङ भई हाल काठमाडौंको सतुंगल बस्ने एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा ३३ वर्षीय तामाङले एक हजार रुपैयाँ दिन खोजेको र उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी ट्राफिक प्रभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्