Logo

आफ्नै घरको छानोबाट टायल खसेर लाग्दा एकको मृत्यु



Spread the love

२७ चैत, सिरहा – सिरहामा आफ्नै घरको छानोबाट खसेको टायलले लाग्दा एकजनाको ज्यान गएको छ । गोलबजार नपा ११ बलकावाका ५२ वर्षीय रामअवतार सदा आफ्नै घरको टायलले लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलवार अपरान्ह घरमै सुतिरहेका बेला छानोबाट एक्कासी खसेको टायल टाउकोमा लाग्दा गम्भीर घाइते सदाको उपचारको क्रममा बुधबार विहान ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए ।

गोलबजारमा उपचार हुन नसकेपछि उनको विराटनगरको एक स्वास्थ्य संस्थामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्