Logo

आफ्नै घरको छानाबाट खसेर एकको मृत्यु



Spread the love

२७ चैत, काठमाडौं ।
सिरहामा आफ्नै घरको छानाबाट टायल खस्दा टायलले लागेर एकजनाले ज्यान गुमाएको छ। मृत्यु हुनेमा गोलबजार नपा ११ बलकावाका ५२ वर्षीय रामअवतार सदा रहेको प्रहरीले जानकारी दिएका छन् ।

आफ्नै घरमा सुतिरहेको बेला एक्कासी छानोबाट खसेको टायल टाउकोमा लाग्दा गम्भीर घाइते सदाको उपचारको क्रममा बुधबार विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए ।

गोलबजारमा उपचार हुन नसक्दा उनलाई विराटनगरको एक स्वास्थ्य संस्थामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्