Logo

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी



Spread the love

 

२८ चैत, कञ्चनपुर।
नेपाल विद्यार्थी सङ्घले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका संयोजक कैलाश चन्दले बताए ।

“विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको पदाअवधि छँदाछँदै प्राध्यापक डा पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आन्दोलनमा उत्रिएका हौँ,” उनले भने, “विश्वविद्यालयको स्वायत्तता र ऐन नियमको अवमूल्यन गरिएको छ । यसैका विरुद्ध हाम्रो आन्दोलन हो ।”

निर्णय नसच्याउँदासम्म तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम जारी रहने नेविसङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्