Logo

पार्टीको आर्थिक गतिविधि अपारदर्शी छ : नेता सिंह



Spread the love

२८ चैत, काठमाडौं
कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि अपारदर्शी भएको आरोप लगाएका छन् । पार्टीका कोष पारदर्शी ढंगले राख्न सके कांग्रेस थप प्रभावकारी हुने बताएका सिंहले आर्थिक हिसाबले पार्टी सधैं पारदर्शी हुनुपर्ने बताए ।

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पोखरामा आयोजित तेस्रो राष्ट्रिय भेलामा सहभागी हुन आइपुगेका सिंहले पार्टी आर्थिक गतिविधिमाथि प्रश्न उठाएका हुन् ।भेटमा कांग्रेसको कोष वृद्धि गर्नेदेखि पार्टीप्रति युवाको आकर्षण बढाउन आग्रह गरे।

‘जिल्लामा पार्टीको संगठन थप बलियो बनाउन लाग्नुहोस्,’ सिंहले भने।

विगतमा जनताले आशा भरोसा गरेको कांग्रेसप्रति आकर्षण कम हुँदै जानु गम्भीर समिक्षाको विषय भएको भन्दै उनले जिम्मेवार रुपमा सोचेर आ–आफ्ना जिलाका पार्टी संगठनका काममा लाग्न उनले कोषाध्यक्षहरुलाई निर्देशन दिए ।

आजदेखि सुरू हुने कोषाध्यक्षको भेला सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्