Logo

पूर्वराजाको गाडीको ठक्कर बाट एक जनाको मृत्यु



Spread the love


२८ चैत, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल पुर्‍याएर फर्किदै गरिरहेको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु र अर्का १ जना घाइते भएका छन् ।

हिजोरति शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि बसेको २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । प्रहरी स्राेतका अनुसार, गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्