Logo

जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते



Spread the love

२८ चैत, काठमाडौँ ।
महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणमा परी ९ जना घाइते र ४ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते हुनेहरुमा पशुपतिनगरका घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, सुवास आले र श्रवण महतो रहेका छन् । गम्भीर घाइते भएकालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भब नहुदा उनीहरुलाई धरानमा रिफर गरिएको हो। सामान्य घाइतेहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

खेतीबालीमा नोक्सान पुर्‍याएपछि धपाउने क्रममा उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो । केही व्यक्तिलाई भने घरमै आएर बँदेलले आक्रमणमा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ ।

बँदेलले आक्रमण गर्न थालेपछि पशुपतिनगरस्थित सशस्त्र प्रहरी बलले कुनै सहयोग नगरेको भन्दै आक्रोशित स्थानीयहरुले बेसमा ढुङ्गा मुढा प्रहार गर्दा ढुङ्गा लागेर सहायक हवल्दार अनिल झा घाइते भएका प्रहरीले जनाएको छ । बदेलको कारण बर्षेनी यहाका किसानहरुले बालीनालीमा ठूलो नोक्शानी खेप्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्