Logo

पाकिस्तानमा नेपाली खाद्य महोत्सव



Spread the love

३० चैत, काठमाडौँ ।

नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश गरेको सन्दर्भमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरियो ।

राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक सहर लाहोरमा आयोजित उक्त महोत्सवमा नेपालको साङ्गीतिक समूह ‘कुटुम्ब’ले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

गत बिहीबार सम्पन्न नौ दिवसीय उक्त महोत्सवको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र पाकिस्तानका विदेश सचिव तेहेमिना जञ्जुले संयुक्त रूपमा उद्घाटन गरेका थिए । त्यस अवसरमा राजदूत लम्सालले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताएका छन् ।

दूतावासका अनुसार पाकिस्तानका विदेश सचिव जञ्जुले पाकिस्तानको पर्यटन प्रवर्द्धनमा नेपालको अनुभव र सीप उपयोगी हुने विचार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्