Logo

संघियता कार्यान्वयन र कानुन निर्माणमा वर्तमान सरकार सफल : मन्त्री बाँस्कोटा



Spread the love

३० चैत, लहान ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संघियता कार्यान्वयन र कानुन निर्माणमा वर्तमान सरकार सफल भएको बताएका छन् ।

“मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ, जग बलियो भएपछि माथि जस्ता हाल्ने काम हुँदै गर्छ”, शुक्रवार साँझ लहानमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, “कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको पाँच वर्षभित्र मुलुकमा ठुलो आर्थिक रूपान्तरण हुन्छ ।”

मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गरे। उनले भने, “ती शक्तिलाई एक त हाम्रो दुई तिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन, त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।”

“त्यस्ता आलोचनाप्रति सरकारले ध्यान दिएको छैन, सरकारको ध्यान केवल अहिले विकास र समृद्धिमा केन्द्रित रहेको छ”, मन्त्री बाँस्कोटाले भने, “सरकार र आफ्नो पार्टीले सामाजिक रूपान्तरण र समृद्धिको योजना अघि सारेर त्यसै अनुरूप कामकारवाही अगाडि बढाएको छ ।”

उनले कुनै पनि नेपालीलाई नागरिकताबाट वञ्चित गराएर अघि बढ्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै वैज्ञानिक, पारदर्शी र वस्तुनिष्ट तरिकाबाट नागरिकता वितरण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्