Logo

विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष पक्राउ



Spread the love

३० चैत, काठमाडौ ।
विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगर पक्राउ परेका छन् ।

मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्रिण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

उनीमाथि अनुसन्धान भइरहेको र आइतबार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताएका छन्। पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्