Logo

हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता



Spread the love

१ बैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा देशवासीलाई शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताए। सम्बोधनको क्रममा उनले सरकारका उपलब्धिहरुको चर्चा समेत गरेका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुवातलाई उनले उपलब्धिको रुपमा व्याख्या गरे। नेपाली इमान भएको जाति हो भन्दै उनले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको दाबी गरेका छन्।

विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान सुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्