Logo

आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढाउने घोषणा



Spread the love

१ वैशाख, काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने । वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीले बताए ।

उनले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने जिकिर गरे । उनले अपवादमा मात्रै मान्छेहरु विरामी हुने उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्