Logo

गगन थापाले सुरु गरे सम्पदा संरक्षण अभियान



Spread the love

२ बैशाख,काठमाण्डौ ।

नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान सुरु गरेका छन ।

गएको वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले नयाँ वर्ष २०७६ भरिका लागि ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियानको थालनी गरेका छन् ।

काठमाण्डौ क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् सुरु गरिएको अभियानअन्तर्गत पहिलो कार्यक्रम आइतबार ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिए। सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले सम्पदाको संरक्षणका बारेमा छलफल गरी योजना बनाएका छन् ।

अभियानको सुरुवात गर्दै नेता थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएकाले अभियान थालिएको बताएका छन् ।

उनले देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्