Logo

नरेन्द्र मोदीको हेलिकोप्टरबाट निकालिएको बाकसमा के थियो ?



Spread the love

२ बैशाख, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट एउटा संदिग्ध कालो बाकस निकालेर लैजाँदै गरेको घटनाको छानबीन गर्नुपर्ने भन्दै कांग्रेसले माग गरेको छ ।

कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई हेलिकोप्टरबाट उतारिएको थियो । कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीलाई यसबारे स्पष्टिकरण दिन माग गरेको छ । आनन्द शर्माले चुनावी आयोगको बाकसका सामग्री अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको कर्नाटक इकाईले पहिले नै यसबारे निर्वाचन आयोगमा उजुरी दर्ता गरिसकेको शर्माले जानकारी दिएका छन् ।
मोदीले अप्रिल ९ मा कर्नाटकको चित्रदुर्गमा चुनावी र्यालीलाई सम्बोधन गरेका थिय ।

शर्माको भनाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भनेको छ, ‘प्रधानमन्त्रीको हेलिकोप्टरसँग अन्य तीन हेलिकोप्टर उडेको हामीले देखेका थियौं । अवतरणपछि एउटा कालो बाकस निकालियो र त्यसलाई एउटा नीजि कारमा राखेर लगियो । बाकसमा के थियो ? यदि त्यसमा रकम थिएन भने त्यसको अनुसन्धान हुनुपर्छ ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्