Logo

कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन अर्थमन्त्रीको निर्देशन



Spread the love

२ वैशाख, चितवन।

अर्थमन्त्री डा.युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् ।

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए।

आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न र आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्