Logo

गिनिज बुकमा सुचिकृत भयो समता स्कुलको नाम



Spread the love

२ बैशाख , काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ । प्रधानमन्त्री ओलीले सय रुपैयाँमा विद्यार्थी पढाएर गरीबका छोराछोरीलाई फाउण्डेशनले गुन लगाएको बताउँदै राज्यले लिनुपर्ने दायित्व बहन गरेकामा खुशी व्यक्त गरे ।

कलाकार मह जोडीको सहयोगमा सञ्जेलले सन् २००१ (विसं २०५८)मा स्थापना गरेको सो स्कूलले मासिक रु १०० शुल्कमा विभिन्न जिल्लामा शाखा विस्तार गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आर्थिक रुपमा कमजोर भएका र अरू कुनै कारणले विद्यालय जान नपाएका बालबालिकालाई सो स्कूलले विशेष ध्यान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्