Logo

कपिलवस्तुमा सवारी दुर्घटना, एकको मृत्यु १७ घाइते



Spread the love

३ बैशाख , बुटवल–पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगामा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ना६ख २४६७ नम्बरको बस ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको सो बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दैलेखको माबो गाउँपालिका – २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।

सामान्य घाइते भएकाहरु सामुदायिक अस्पताल, पिपरामा उपचार भइरहेको छ । दुबै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्