Logo

पौडेलको एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय (हेर्नुहोस् कहाँ ? कहिले ?)



Spread the love

 

४ बैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय गरेका छन् ।

नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि पौडेलले सुदुरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय गरेका हुन् ।

पौडेलका जिल्ला भ्रमणका कार्यक्रम बैशाख ५ गतेबाट सुरु भएर बैशाख २४ गते सकिने उनका निजि सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिए ।

जिल्ला भ्रमण कार्यक्रम :
बैशाख ५ गते :
पोखरा प्रस्थान हिरामणी सुवेदीको चौरासी पूजामा सहभागि

बैशाख ७ गते :
भैरहवा प्रस्थान, रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन

बैशाख ८ गते :
रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन

बैशाख ९ गते :
रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गरि काठमाडौं फर्कने

बैशाख १० गते :
सडक मार्ग हुँदै सप्तरीका लागि प्रस्थान (रात्री मुकाम राजविराज)

बैशाख ११ गते :
नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन (रात्री मुकाम राजविराज)

बैशाख १२ गते :
सिरहामा कार्यकर्ता भेटघाट

बैशाख १३ गते :
नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागि

बैशाख १४ गते :
रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन

बैशाख १५ गते :
काठमाडौं फिर्ता

बैशाख १६ गते धनगढि हुँदै दार्चुला प्रस्थान (रात्री मुकाम दार्चुला)

बैशाख १७ गते :
नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन

दार्चुलाबाट बैतडि प्रस्थान (रात्री मुकाम बैतडि)

बैशाख १८ गते :
बैतडिको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन (रात्रीमुकाम खड्पे)

बैशाख १९ गते :
नेपाली कांग्रेस बझाङद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन (रात्री मुकाम बझाङ)

बैशाख २० गते :
नेपाली कांग्रेस डडेलधुराद्धारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम डडेलधुरा)

बैशाख २१ गते :
नेपाली कांग्रेस कञ्चनपुरद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम महेन्द्रनगर)

बैशाख २२ गते :
बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन (रात्री मुकाम धनगढी)

बैशाख २३ गते :
कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम टिकापुर)

बैशाख २४ गते :
कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन पछि काठमाडौं फर्कने ।

प्रतिक्रिया दिनुहोस्