Logo

स्थानीय सरकारलाई थप बलियो बनाउँछौँ : मन्त्री विष्ट



Spread the love

४ वैशाख गलकोट।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताएका छन् ।

बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए ।

उनले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई स्थानीय सरकारबाटै कार्यान्वयनमा ल्याउने बताए ।

मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरण प्राप्त हुँदासाथ केन्द्रीय सरकारले राहत प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

मन्त्री विष्टले एक पालिका र अर्को पालिकाबीच समन्वय गरेर ठूला योजनाको प्रस्तावना ल्याएमा आफूले सहयोग गर्ने भन्दै तत्काल गलकोटमा १५ श्ययाको अस्पताल बनाउनका लागि पहल गरिने बताए । उनले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्