Logo

विप्लवको बन्द : कतै पड्किए बम, कतै भेटिए शंकास्पद वस्तु



Spread the love

५ वैशाख काठमाडौं ।

नेपाल सरकारले प्रतिबन्ध लगाएको  विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आव्हान आज गरेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् ।

पाल्पाको रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको छ । बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको छ ।

कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

त्यसैगरी मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको गोलान्जर गाउँपालिका– १ शंकास्पद बस्तु फेला परेको छ । साथै काभ्रेको पनौती ७, खोपासी जाने बाटोमा पनि बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्