Logo

विप्लवको बन्दले लियो उग्र रुप : गाडीमा पेट्रोल छर्किएर आगजनी



Spread the love

५ बैशाख, हेटौंडा ।

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव देशभरी परेको छ । आज बिहानैदेखि कतै बम पड्किएका छन् भने कतै संकास्पद बस्तु भेटिएका छन ।

भर्खरै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले जनाएको छ ।

भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ । त्यस्तै आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्