Logo

पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या



Spread the love

५ बैशाख, काठमाडौ ।

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।

आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो। बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

उनलाई गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्