Logo

बम विस्फोटमा परेर पोखरामा एक सैनिक घाईते



Spread the love

५ बैशाख, पोखरा ।

कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते भएका छन् ।

प्रदेशसभा भवनअगाडि बम भेटिएको खबरसँगै सेना पुगेर डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ ।

विप्लव समूहको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ भने सो क्रममा विभिन्न स्थानमा बम फेला परेको हो ।
बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्